जातीय विभेद गर्दै कोठा नदिने घरबेटी पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - जातीय विभेद गर्दै कोठा नदिने घरबेटी पक्राउ परेकी छन् । काठमाडौंको बबरमहलस्थितका ती घरबेटीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो । 

गत मंगलबार कोठा खोज्न गएकी तनहुँकी २४ वर्षीय रूपा सुनारलाई सुरुमा कोठा दिने भने पनि रुपाको जात थाहा पाएपछि नदिएको बताइएको छ ।

ती घरबेटीविरुद्ध रुपाले गत बिहीबार सिंहदरबार वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूतको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान अगाडी बढाएको छ ।

उक्त कसुर अनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया