पनौती नगरपालिकाले यो वर्ष नेवारहरूको मुख्य जात्रा पर्व ९ज्याहा पुन्ही ० सामान्य तरिकाले मनाउने भएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै नगरपालिकाले ज्याहा पुन्ही सामान्य पुजा गरेर मनाउने भएको हो ।
पनौती जात्रा पर्व मूल व्यवस्थापन समिति र सरोकारवालाहरूको भेलाले जेष्ठ पूर्णिमामा मनाइने जात्रा साधारण विधि अनुसार पुजा गरेर मनाउने निर्णय गरेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै जेष्ट पूर्णिमा जात्रा ज्याहा पुन्हीमा साधारण पुजा मात्र हुने ब्यहोरा जानकारी गराउँदै पुजा लगायतका गतिविधि सञ्चालनका क्रममा सामाजिक दूरी कायम गरि स्वास्थ्य मापदण्डको पालना गर्न र गराउन समेत आग्रह गरेको छ ।
प्रतिक्रिया