कोरोनाका कारण यस वर्ष नेपालबाट हजयात्रा नहुने

५ बर्ष अगाडि

काठमाडौं - विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरस संक्रमण जोखिमका कारण यस वर्ष नेपालबाट हजयात्रा नहुने भएको छ ।

साउदी अरबमा रहेका ६० हजार नागरिकहरुले मात्र हज गर्न पाउने गरी साउदी अरब सरकारले निर्णय गरेकोले नेपालबाट हजयात्रा नहुने भएको हो ।

परराष्ट्र मन्त्रालय अन्तर्गत साउदी अरबको जेद्दा महावाणिज्य दूतावासबाट साउदीका नागरिकमात्र सहभागी हुने जानकारी आएको भन्दै नेपालबाट यस वर्ष हजयात्रा नहुने व्यहोरा ईस्लाम धर्मावलम्बीहरुलाई जानकारी गराइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया