तास खेलिरहेको अवस्थामा २३ हजार बढि नगद सहित ९ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - तास खेलिरहेको अवस्थामा प्रहरीले नौजना पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका–५, पर्श्याङ, धारापानी मार्गमा डेरा गरी बस्ने धादिङका ३० वर्षीय जितबहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङसहित नौजनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार बेलुका वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २३ हजार १६५ रुपैयाँ सहित पक्राउ गरेको छ । 

साथै उनीहरूको साथबाट एक बुक तास पनि फेला पारेको प्रहरीले जनाएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया