मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।
आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।
यसैगरी, देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षा को सम्भावना छ ।
यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
यस्तै आइतबार नेपालका विभिन्न नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेकाले ती नदी बग्ने २५ जिल्लामा बाढीको उच्च जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार बिहान प्रकाशित गरेको बुलेटिनका अनुसार महाकाली र सहायक नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने अनुमान गरिएको छ । त्यस्तै कन्काई, कमला, वाग्मतीमा आकस्मिक बहाव हुनसक्ने र पश्चिम राप्ती, तिनाउ, बबई र सहायक नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।
आइतबार बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपुर, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुला बाढीको उच्च जोखिममा परेका छन् ।
यस्तै महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, चितवन, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोटी, अछाम, बाजुरा र बझाङलाई मध्यम जोखिम जिल्लाका रुपमा राखेको छ ।
प्रतिक्रिया