जगदम्बा स्टिल उद्योगमा आगलागी, २ मजदुरको मृत्यु

५ बर्ष अगाडि

 जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । बाराको सिमरास्थित उद्योगमा आगलागी हुदा  जलेर तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकै सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी, नवराज चौलागाँई र अवधेस कुसवाहा जलेर घाइते भएका छन् । उनीहरूमध्ये विकको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया