साउनदेखि दुई प्रकारको ड्राइभिङ लाइसेन्स, मुलुकभरिका १९ वटा यातायात विभागबाट वितरण

४ बर्ष अगाडि


 सरकारले साउनदेखि छुट्टै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने भएको छ । सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरेका चालकका लागि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी गर्न लागेको हो ।

अब ट्रायल पास गरेको सुरूको एक वर्ष अवधिका लागि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी हुनेछ ।  यसअघि जेठदेखि नै कार्ड जारी गर्ने तयारी भएपनि कोरोना महामारीका कारण दुई महिना पछि धेकेलिएको हो । 

 ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास यातायात व्यवस्था  विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।

योसँगै विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्नेछ । ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गरिनेछ ।

त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्म यस्तो कार्ड वितरण गरिनेछ ।

स्मार्ट कार्डमा चिप्सको प्रयोग भएका कारण परीक्षणकालीन भनेर दिन नमिलेको महानिर्देशक घिमिरेले बताए । ती कार्ड काठमाडौँसहित मुलुकभरिका १९ वटा यातायात व्यवस्था विभागको कार्यालयबाट वितरण गरिने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया