युरोकपमा आज दुई खेल हुँदै

४ बर्ष अगाडि

युरोकपमा आज  दुई खेल हुदैछन्। समूह चरणका अन्तिम खेल अन्तर्गत आज समूह ’ए’ को खेलमा  इटाली वेल्ससँग खेल्दै छ भने स्वीजरल्याण्ड र टर्की एकआपसमा भिड्दै छन्। दुबै खेल नेपाली समय अनुसार राति ९ः४५मा एकै समयमा हुनेछ।

इटाली र वेल्सचिको खेल रोममा हुनेछ भने स्वीजरल्याण्ड र टर्कीबीचको बाकुमा हुनेछ।
 २ खेलबाट ६ अंक जोडेको इटाली शीर्ष स्थानमा रहेको छ।

यता वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ। वेल्सका लागि आजको खेल महत्वपूर्ण रहेको छ।यसअघिका २ खेलबाट ४ अंक जोडेको वेल्स समूहको दोस्रो स्थानमा रहेको छ।

यस्तै स्वीजरल्याण्ड जितका साथ नकआउट चरणमा प्रवेश गर्न चाहन्छ। यसअघिको २ खेलमा एकमा बरमाबरी तथा एकमा हार बेहोरेको  स्वीजरल्याण्ड १ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
यसअघिका सबै खेलमा पराजित टर्की भने समूहको पुछारमा छ। पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया