राहत सामाग्री सहित हिन्दू स्वयंसेवक संघको टोली हेलम्बुतर्फ प्रस्थान

५ बर्ष अगाडि

सिन्धुपाल्चोक जिल्लामा गएको भीषण बाढीका कारण विस्थापित हुन पुगेका जिल्लावासीका लागि राहत सामाग्री पठाइएको छ । हिन्दू स्वयंसेवक संघ नेपालका कल्याणकुमार तिम्सिनाको नेतृत्वमा संघको केन्द्रीय कार्यालय केशव धामबाट राहत सामग्रीसहित संघका स्वयंसेवकहरूको एउटा टोली हेलम्बुतर्फ प्रस्थान गरेको छ । 

राहत सामग्रीमा कम्बल, तिरपाल, ग्यास चुल्हो, चामल–दाल–तेलसहित खाद्यान्न, थरमस, थाली, गिलास आदि सय–सय थान पठाइएका छन् । हिन्दू स्वयंसेवक संघ नेपालका साथै सेवा इन्टरनेशनल नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल अभियान, लायन्स क्लब काठमाडौँ समर्पण, माहेश्वरी समाज लगायत विभिन्न सेवाभावी संघ–संस्थाद्वारा संग्रह गरिएको राहत सामग्री हेलम्बु पठाइएको हो ।

तिम्सिनाले भने,‘अविरल वर्षासँगै मेलम्चीमा आएको बाढीले हेलम्बु गाउँपालिकाका ६ सयभन्दा बढी परिवार घरबारविहीन भएको तथ्य विभिन्न सञ्चारमाध्यमबाट जानकारीमा आएको छ । समाजका बन्धु–बहिनीहरू पीडित भएको यस अवस्थामा संघ विचार परिवारका तर्फबाट पहिलो खेपमा हामीले अत्यावश्यक सामग्री हेलम्बुतिर लिएर जाँदैछौँ ।’

५ बर्ष अगाडि

प्रतिक्रिया