एजेन्सी - रियल मड्रिडबाट बिदा भएका स्टार फुटबलर सर्जियो रामोस 'ला लिगा' नै खेल्न सेभिया र बार्सिलोना जाने समाचारहरू आएका छन् ।
साथै पीएसजी, म्यानचेस्टर सिटी तथा म्यानचेस्टर युनाइडेटजस्ता क्लब जाने चर्चा पनि चलेका छन् । तर उनले यस विषयका केही जानकारी दिएका छैनन् ।
हालै उनलाई रियल मड्रिडको चिर प्रतिद्वन्द्वी मानिएको क्लब बार्सिलोना साथै सेभिया जाने सम्भावना बारे प्रश्न गरिएको थियो । उक्त प्रश्नको उत्तरमा उनले भनेका छन्,‘म सेभियामा आवद्ध हुनेछैन, यो मेरो विकल्पमै पर्दैन । बार्सिलोना त झनै सम्भावना छैन । तपाईँले मलाई कहिल्यै बार्सामा देख्नु हुनेछैन ।’
रियल मड्रिडमै बस्ने मन हुँदा पनि क्लबसँग सहमति हुन नसक्दा उनलाई क्लबले यही सिजनबाट क्लबमुक्त गरिदिएको हो ।
प्रतिक्रिया