एजेन्सी - भारतमा अर्बपतिहरू पैसामा मात्र धनी नभई मनका पनि धनी छन् । अहिले भारतमा दानवीर बन्ने होडबाजी नै चलेको छ । त्यहाँका अर्बपतिहरूले दैनिक करोडौं रुपैयाँ दान गर्न थालेका छन् ।
उक्त अर्बपतिहरूले स्वास्थ्य, सामाजिक र शिक्षा क्षेत्रमा बढी दान गरेका छन् । उनीहरूले समाज विकास मध्ये महिला सशक्तीकरण र बालबालिकाको शिक्षामा पनि दान गर्दै आएका छन् ।
अजिम प्रेमजी
भारतका अर्बपति मध्ये सबभन्दा धेरै दान गर्नेमा अर्बपति अजिम प्रेमजी पर्छन् । पीटीआइका अनुसार उनी दैनिक सरदर २२ करोड भारु दान गरेका छन् । उनले गत वर्ष ७९०४ करोड भारु दान गरेका छन् । प्रेमजीको आइटी क्षेत्रमा व्यवसाय छ ।
शिव नाडार
भारतीय अर्बपति मध्ये एक अर्बपति हुन् । उनले गत वर्ष ७९५ करोड भारु दान गरेका थिए । उनले त्यो भन्दा अघिल्लो वर्ष पनि ८२६ करोड दान गरेका थिए ।

मुकेश अम्बानी
मुकेश अम्बानी भारतीय अर्बपति मात्र नभई उनी एशियाकै सबैभन्दा धनाढ्य व्यक्ति हुन् । उनले ४५८ करोड दान गरेका छन् । उनले विगत वर्षको तुलनामा दान रकम बढाएका हुन् ।

कुमार मंगलम बिरला
आदित्य बिरला ग्रुपका कुमार मंगलम बिरला बढी दान गर्नेमध्ये चौथो स्थानमा छन् । उनी पछि वेदान्त ग्रुपका अनिल अग्रवाल दानवीर देखिएका छन् ।

प्रतिक्रिया