उपत्यकामा जारी निषेधाज्ञा सोमबारबाट सकिँदै, के फेरी थपिएला ?

५ बर्ष अगाडि

काठमाडौं - कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा सोमबारबाट सकिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कोभिड(१९ व्यवस्थापन निर्देशक समितिले सोमवारदेखि 'स्मार्ट लकडाउन' गर्ने निर्णय गरिसकेको छ । 

 'स्मार्ट लकडाउन' भने पनि धेरै प्रमुख जिल्ला अधिकारीहरूको बुझाई केही खुकुलो बनाएर निषेधाज्ञा लगाउने भन्ने नै देखिएको छ । असार ७ गतेदेखि निषेधाज्ञा हट्ने र सवारी साधन समेत चल्ने बुझेका छन् । 

तर ,काठमाडौं उपत्यकाको हकमा भने निषेधाज्ञा जारी नै रहनेछ । अहिले दैनिक काठमाडौंमा ५ सयको हाराहारीमा कोरोना संक्रमित देखिरहेका छन् । त्यसैले पनि जोखिम कायमै भएकाले निषेधाज्ञा जारी रहने भएको छ ।

निषेधाज्ञा हुुने तर पहिलेको भन्दा केही खुकुलो बनाएर लैजाने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीले थप निषेधाज्ञा कसरी लैजाने भन्ने विषयमा छलफल गरिरहेका छन् । 

सरकारले निर्णय गरेको स्मार्ट लकडाउनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया