आफ्नो बारेमा अफवाह फैलाइएको भन्दै मुख्य न्यायधिवत्ता दिपेन्द्र झाको आपत्ति

५ बर्ष अगाडि

काठमाडौं - प्रदेश नम्बर २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले आफ्नो राजीनामाको विषयमा कसैले अफवाह फैलाइएको प्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनले आफुले राजीनामा दिने मुडमा वा तयारीमा रहेको भन्ने बारे आफुलाई नै थाहा नभएको बताए । उनले भने– म राजीनामा दिदैँ छु, भन्ने कुरा मलाई नै थाहा छैन ।

मुख्य न्यायाधिवक्ता झाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘म राजीनामा दिने मुडमा वा तयारी आदि भ्रामक समाचार मैले कतिपय ठाउँमा हेरे, यस सम्बन्धमा मलाई कहीँ कतै कुनै जानकारी नभएको र कसैले सोधेको वा कुरा गरेको छैन, यसकारण यस्ता समाचार कसले कुन प्रयोजनको लागि लेखे भन्ने कुरा आफूलाई जानकारी नभएकोले खण्डन गर्दछु ।’ 

काम विशेषले राजधानी काठमाडौंमा रहेको जानकारी दिँदै उनले विहानै आफुले यस्तो भ्रामक समाचार हेरेपछि आफै आश्चर्यमा परेको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया