जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा समूह एफ मा रहेको फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ।
खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ।यता पहिलो खेलमा पोर्चुगलसँग ३–० ले पराजित भएको हंगेरी अंकविहीन समूहको पुछारमा रहेको छ।
पोर्चुगल र जर्मनी
यस्तै आजको दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन्। दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ।
यता पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीका लागि यो खेल महत्वपूर्ण रहेको छ । जर्मनी समूहको तेस्रो स्थानमा रहेको छ।
स्पेन र पोल्याण्ड
त्यस्तै आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह ई को स्पेन पहिलो जीत निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो ।
यता पोल्याण्ड भने पहिलो जीतसहित मैदान उत्रने छ। अंक विहीन पोल्याण्ड पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो।
प्रतिक्रिया