कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले सानदार जित हासील गरेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले हराउँदै जित हासील गरेको हो ।
अर्जेन्टिनाका लागी १३औं मिनेटमा गुइदो रोडरिग्वेज हेडरमार्फत गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।
कर्नरमार्फत् रोडरिगो डी पौलले मेसीलाई दिएको छोटो पास मेसीले बाँयातर्फबाट रोडरिग्वेजलाई क्रस दिएका थिए । सोही बलको सदुपयोग गर्दै रोडरिग्वेजले हेडरमार्फत् गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
प्रतिक्रिया