मेलम्चीमा आएको बाढीले प्रहरी कार्यालयको  भवन भत्कायो

५ बर्ष अगाडि

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन भत्काएको छ । साढे २ तले पक्की भवन शुक्रबार राति ढलेको हो । 

भवन ढले पनि प्रहरीहरु भने सुरक्षित छन् ।  नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखिएको थियो। सोहि कारण मानवीय क्षति भने हुन पाएँन । प्रहरीले महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारेको थियो। यो भवन ५ महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । 

शुक्रबार राति मेलम्ची नदिमा १ गतेको भन्दा ठूलो बाढी आएको स्थानीयले बताएका थिए । बाढीले ग्याल्थुम बजारस्थित इस्ट प्वाइन्ट एकेडेमी नामक बोर्डिङ स्कुलको भवन पनि भत्काएको बताईएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया