चीनमा गएको पहिरोले थुनियो तामाकोसी, तटीय क्षेत्रमा बाढीको जोखिम

५ बर्ष अगाडि

काठमाडौं - चीनमा गएको पहिरोले तामाकोसी नदीको प्रवाह रोकिन पुग्दा नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । 

नदिको प्रवाह रोकिएकाले उक्त क्षेत्रमा जुनसुकै बेला पनि बाढीको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणमा सचेत गराएको छ ।

चीनको तिब्बतमा थुनिएको तामाकोसी नदी अझै सामान्य अवस्थामा नरहेकाले तटीय क्षेत्रमा खतरा कायमै रहेको र थुनिएको नदी कुनै पनि समय फुटेर बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन अनुरोध गरेको हो ।

स्थानीय संचारमाध्यमार्फत सूचना प्रवाह गरी नदीतटीय क्षेत्रकालाई सचेत बनाइएको प्रशासनले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया