११ महिनापछि जम्मू–कश्मीरको आगनवाडी सेन्टर पुनः सञ्चालनमा

५ बर्ष अगाडि

एजेन्सी - भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । 

कोभिड–१९ महामारीका कारण विगत ११ महिना देखि बन्द रहेको रजौरी जिल्लास्थित एक हजार छ सय ६९ आगनवाडी सेन्टरहरु पुनः सुचारु भएका हुन् ।

भारतका बिभिन्न क्षेत्रहरुमा कोभिड–१९ को प्रतिबन्धहरु खुकुलो भएसंगै रजौरीस्थित आगनवाडी सेन्टरहरु पनि पुनः संचालनमा आएका हुन । 

भारत सरकारकारले सन् १९७५ देखि बालबालिका विकास सेवा अन्तरगत ग्रामिण क्षेत्रहरुमा विपन्न बालबालिकाहरुका लागि आधारभूत शिक्षा, स्वास्थ्य, खानाको व्यवस्था गरी आगनवाडी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया