कोपा अमेरिका : अर्जेन्टिना र चिलीको जित, उरुग्वे अंकविहीन

४ बर्ष अगाडि

एजेन्सी - कोपा अमेरिकामा शनिबार अर्जेन्टिनाले उरुग्वेलाई १–० ले पराजित गरेकोे छ । गुइडो रोडरिग्वेजको एक मात्र गोलको मद्दत ले अर्जेन्टिनाले समूह ‘ए’ को आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हराउन सफल भएको हो ।

लियोनल मेसीले सिर्जना गरेको अवसरमा रोडरिग्वेजले १३ औं मिनेटमा गोल गरे । एक खेलमा जित र एकमा बराबरीमा रहेको अर्जेन्टिना चार अंकसहित शीर्ष अंकमा छ ।

यसअघि चिलीले बोलिभियालाई १–० ले हराएको थियो । त्यसमा बेन बेरेटनले १० औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो । यो जितपछि चिलीको पनि दुई खेलबाट चार अंक भएको छ र दोस्रो स्थानमा रहेको छ ।

यस्तै, पाराग्वे तीन अंकमा तेस्रो स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा पराजित भएको उरुग्वे भने अंकविहीन स्थितिमा रहेको छ ।

साथै चिलीले बोलिभियालाई १–० ले हराएको छ । खेलको १०औँ मिनेटमा बेन ब्रेरेटोनले गरेको गोल नै चिलीको जितका लागि निर्णायक बन्यो । खेलमा चिलीले बोलिभियामाथि केही दवाव बनाए पनि थप गोल गर्न सकेन । 

चिलीले बोलिभियाको पोस्ट निरन्तर आक्रकण गरेको थियो । तर बोलिभियाका खेलाडीले कडा डिफेन्स गर्दै गोल हुनबाट जोगाइरहे । बोलिभियाका खेलाडीले पनि गोल गर्ने केही अवसर भने बनाएको थिए । 

पहिलो खेलमा चिलीले अर्जेन्टिनासँग बराबरी खेलेको थियो । बोलिभिया पाराग्वेसँग पराजित भएको थियो ।   

४ बर्ष अगाडि

प्रतिक्रिया