युरोकप फुटबल अन्तर्गतको खेलमा लडेका क्रिष्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज

४ बर्ष अगाडि

एजेन्सी -क्रिष्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । ‘हार्ट–स्टार्टिङ्ग डिभाइस’ राख्नका लागि भएको सफल शल्यक्रियापछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

२९ वर्षका डेनमार्कका मिडफिल्डर एरिक्सन गएको शनिबार राति युरोकप फुटबल अन्तर्गत फिनल्याण्डसँगको पहिलो खेलको क्रममा मैदानमै लडेका थिए । उनलाई पहिलो हाफको अन्त्यतिर कार्डिक अरेस्ट भएको थियो ।

एरिक्सनले शुक्रबार टिमका साथी खेलाडीहरुसँग भेट गरेका थिए । त्यसपछि मात्रै उनी घर गएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया