एनआरएनए स्पेनले कोरोना नियन्त्रणका लागि पठायो साढे १३ लाख

५ बर्ष अगाडि

काठमाडौं - एनआरएनए स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग पठाएको छ । 

गैरआवासीय नेपाली संघ ९एनआरएनए० केन्द्रमार्फत एकमुष्ठ सहयोग पुर्‍याउने हेतुले संघले स्पेनमा संकलन भएको रकम केन्द्रमा पठाएको हो ।

संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाद्वारा जारी विज्ञप्ति अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा रकम ट्रान्सफर गरिएको हो । 

क्षेत्रीय समिति मड्रिड, पाइसभास्को, ग्रान क्यानारिया र कोस्टा ब्लाङ्का,लगायत प्रवासी नेपाली मञ्च, तमु समाज र जनप्रगतिशील मञ्च स्पेनले रकम संकलन अभियानमासाथ दिएका छन् ।

यस्तै चितवन समाज स्पेन, कास्की आदर्श समाज स्पेन, स्याङ्जा सहयोग समाज, पर्वत समाज, बाग्लुङ समाज, मगर समाज, महिला फोरम, तामङ समाज र नेवारी समाज स्पेनले संस्थागत साथ दिएको संघद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया