युरोकप २०२० अन्तर्गत आज पनि तीन खेल हुदैँ, कुन खेलको समय कति बजे ?

४ बर्ष अगाडि

काठमाडौं, युरोकप २०२० अन्तर्गत आज तीन खेल हुँदैछन्। जस अन्तर्गत समूह ‘ई’ मा एक र ‘डी’ मा दुई खेल हुन लागेका हुन्। पहिलो खेलमा समूह ‘ई’मा रहेका स्विडेन र स्लोभाकिया प्रतिस्पर्धा गर्दैछन्। यो खेल रसियाको सेन्ट पिटर्गवर्गमा साँझ ६ः४५ मा हुनेछ। 

पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको स्लोभाकियाले स्विडेनलाई पराजित गर्न सके अन्तिम खेलअघि नै अन्तिम १६ मा पुग्नेछ।

दोस्रो खेलमा क्रोएसिया र चेक गणतन्त्रबीच खेल हुनेछ। समूह ‘डी’ को यो खेल राति ९ः४५ बाट ग्लास्गोस्थित ह्याम्पडेन पार्कमा हुनेछ। 

यो खेलमा जित हात पार्न सके चेकले अन्तिम १६ मा स्थान पक्का गर्नेछ। अघिल्लो खेलमा चेकले स्कटल्याण्डलाई पराजित गरेको थियो। यस्तै क्रोएसिया भने इंग्ल्याण्डसँग पराजित भएको थियो।

दिनको दोस्रो खेलमा क्रोएसिया र चेक गणतन्त्रबीच खेल हुनेछ। समूह ‘डी’ को यो खेल राति ९स्४५ बाट ग्लास्गोस्थित ह्याम्पडेन पार्कमा हुनेछ। 

यो खेलमा जित हात पार्न सके चेकले अन्तिम १६ मा स्थान पक्का गर्नेछ। अघिल्लो खेलमा चेकले स्कटल्याण्डलाई पराजित गरेको थियो। यस्तै क्रोएसिया भने इंग्ल्याण्डसँग पराजित भएको थियो।

अन्तिम खेल  लन्डनस्थित वेम्बली रंगशालामा राति १२ः४५ बजे इंग्ल्याण्ड र स्कटल्याण्डबीच खेल हुनेछ। इंग्ल्याण्डले पहिलो खेलमा क्रोएसियालाई पराजित गर्दै ३ अंक जोडेको छ।

इंग्ल्याण्डले स्कटल्याण्डलाई हराए अन्तिम १६ मा स्थान पक्का गर्नेछ। स्कटल्याण्डलाई अब अर्को चरणमा स्थान बनाउने सम्भावना जगाउन आजको खेलमा जित्नुपर्ने छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया