थप ४ हजार २० जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ५९ हजारमा झर्‍यो

५ बर्ष अगाडि

काठमाडौँं, थप  ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ८९ प्रतिशत रहेको छ ।

नयाँ संक्रमितभन्दा निको हुने बढी रहेसँगै हाल सक्रिय संक्रमितको संख्या घटेर ५९ हजार ६२४ पुगेको छ । यसमध्ये ५५ हजार ३७५ जना होमआइसोलेनमा, ४ हजार २४९ संस्थागत आइसोलेसनमा, ८७२ जना आईसीयू तथा २४६ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ६४१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.६ प्रतिशत रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया