धितोपत्र बोर्डविरुद्द सर्वोच्च अदालतमा रिट दायर, असार ६ गते पेशी तोकियो

५ बर्ष अगाडि

काठमाडौं, नेपाल धितोपत्र बोर्डविरुद्द सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ । 

अधिवक्ताद्वय रविन बोहजु र सुरेन्द्र कोंजुले बोडले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूची सहितको विज्ञप्ती बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

बोर्डविरुद्द सर्वोच्चमा परेको रिटमा असार ६ गते आइतबारको लागि पेशी तोकिएको छ । रिटमा बोर्डले सार्वजनिक गरेको नेप्सेमा सूचीकृत ५१ कम्पनीको सूचीसहितको विज्ञप्ति बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिरको रहेको र कानुन सम्मत नभएकोले बदर गर्न माग गरिएको छ ।

मंगलबार मात्रै नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा गरिएको लगानी जोखिमयुक्त भन्दै सूची सार्वजनिक गरेपछि धितोपत्र बजार ऋणात्मक दिशातर्फ धकेलिएको छ ।

उक्त सूचीकृत संगठित संस्थाहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डले जनाएको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया