श्रीमानको मृत्यु भएपछि श्रीमतीले गरिन अस्पतालको बाथरुममै आत्महत्या

५ बर्ष अगाडि

काठमाडौं ललितपुरको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर श्रीमानको मृत्यु भएपछि श्रीमतीले अस्पतालमै आत्महत्या गरेकी छिन्।

उपचाररत क्यान्सर पिडित श्रीमान लालबहादुर पुनको मृत्यु भएपछि श्रीमती दिकमाया पुनले अस्पतालको चौथो तलामा रहेको बाथरुममा झुण्डिएर आत्महत्या गरेको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

४५ वर्षीय लालबहादुर कोरोना संक्रमित पनि थिए। जेठ १९ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो। बाथरुम नखोलिएपछि फोरेर हेर्दा ४३ वर्षीय दिकमाया झुण्डिएको अवस्थामा फेला परेको एसएसपी बज्राचार्यले बताइन्।
 

५ बर्ष अगाडि

प्रतिक्रिया