माछा मार्न गएका युवकको डुबेर मृत्यु

७ बर्ष अगाडि

राजविराज – पश्चिमी नहर डाकनेश्वरी नगरपालिका–३ मा माछा मार्ग गएका एक युवकको डुबेर ज्यान गएको प्रहरीले आज जनाएको छ । घर नजिकै रहेको पश्चिमी नहरमा माछा मार्न हिँडेका स्थानीय २५ वर्षीय रामबाबु मुखिया मृत भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

नहरको पुलमुनि माछा मार्ने क्रममा उनी डुबेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया