काठमाडौं विश्वविद्यालयले पनौतीमा उच्च शिक्षा विस्तार गर्दै

५ बर्ष अगाडि

काठमाडौं विश्वविद्यालय(केयू) ले पनौती नगरपालिका क्षेत्रमा आउटरिच सेन्टर र स्कूल अफ इन्जिनियरिङ (सिभिल–आर्किटेक्चर) केन्द्र स्थापना गर्ने भएको छ  । 

पनौती नगरपालिकाको अनुरोधमा शुक्रबार विहान बसेको बैठकले स्कूल अफ ल , स्कूल अफ मेडिकल साइन्सेज(धुलिखेल)को विशेषज्ञ अस्पतालकै रुपमा एउटा सिभिल आर्किटेक्चरको स्थापना गर्ने निर्णय गरेको हो । 

बैठकले पनौती नगरपालिकाको केन्द्रको वरिपरि कम्तीमा १ सय रोपनी जग्गा स्कूल अफ लका लागि व्यवस्थापन, काथं गणेशस्थानसँगै विशेषज्ञ अस्पतालका लागि जग्गा र भवन निर्माणका साथै प्राचीन शहर पनौती बजारभित्रै आर्किटेक्चर इन्जिनियरिङ अध्ययनका लागि केन्द्र स्थापनाका लागि प्रारम्भिक कार्यहरु सुरु गर्ने सहमति गरेको छ । 

बैठकमा केयुका उपकुलपति प्रा.डा भोला थापा, रजिष्ट्रार प्रा.डा सुबोध शर्मा, स्कूल अफ मेडिकल साइन्सेजका डीन प्राडा राजेन्द्र कोजु , स्कूल अफ इन्जिनियरिङका डीन प्राडा मनिष पोखरेल , स्कूल अफ लका निवर्तमान डीन डा. बिपिन अधिकारी, स्कूल अफ इन्जिनियरिङका एसोसियट डीन ब्रिजेश अधिकारी, स्कूल अफ मेडिकल साइन्सेजका एसोसियट डीन डा.दीपक श्रेष्ठ, केयु वित्त विभाग प्रमुख कुमार बराल, केयुका सामुदायिक व्यवस्थापन प्रमुख नभेन्द्र पौडेल, असिस्टेन्ट प्रोफेसर डा. अनुपजङ्ग थापाको  सहभागीता रहेको थियो  ।

यस्तै, नगर प्रमुख भीम न्यौपाने , उपप्रमुख गीता बन्जारा, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी  र स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सना,  पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, पत्रकार मधुसुधन गुरागाईं , वातावरण इन्जिनियर सुजित कर्माचार्य, सिभिल इन्जिनियर सितु सैंजु लगायतको सहभागी को सहभागिता रहेको थियो ।

पनौती नगरपालिकाले केयुका पूर्वाधार विकास र शैक्षिक कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक सबै सहयोग गर्ने  नगर प्रमुख भीम न्यौपानेले  बताएका छन् । अब पनौती नगरपालिकामा केयुका स्कूल अफ मेडिकल साइन्सेजका प्रिक्लिनिकल स्कूल, फोक्सो उपचार केन्द्र, केयु हाइस्कूलका साथै स्कूल अफ ल , स्कूल अफ मेडिकल साइन्सेज सञ्चालन हुने भएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया