काठमाडौं - निर्वाचन आयोगले ४१ वटा पार्टीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।
आयोगको निर्धारण गरेको अवधिभित्र आयव्ययको लेखापरीक्षण प्रतिवेदन पेश नगरेका दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ अनुसार जरिवाना गर्ने भएको हो ।
उनीहरूलाई ३० दिनभित्र जरिवाना बुझाउन भनिएको छ ।

प्रतिक्रिया