सर्जियो रामोसद्वारा क्लब छाड्ने घोषणा  !

४ बर्ष अगाडि

स्पेनिस क्लब रियल मेड्रिडका सर्जियो रामोसले क्लब छाड्ने घोषणा गरेका छन् । कप्तान समेत रहेका रामोसले रियलसँगको १६ वर्षको सहयात्रा  टुङ्ग्याउने भएका हु्न् ।  ।

 रियलले आधिकारिकरूपमा प्रेस विज्ञप्ति जारी गदै आफ्ना कप्तानले क्लब छाड्ने घोषणा गरेको  
बताएको छ। 

सिजन २०२०–२१ को अन्त्यसँगै रामोसको सम्झौता सकिएको थियो । रामोस र रियलबीच पछिल्लो समय नयाँ सम्झौता हुन नसकेपछि रामोसले रियल छाड्ने निर्णय गरेका हुन् । 

रामोस सन् २००५ मा ला लिगाकै क्लब सेभियाबाट रियलमा अनुबन्ध भएका थिए । त्यस दौरान रामोस सधैं टोलीमा मुख्य खेलाडी बने । उनी सन् २०१६ देखि टोलीको कप्तान बनेका थिए । गोलकिपर इकर कासिलासले क्लब छाडेपछि रामोसले कप्तानको जिम्मेवारी पाएका थिए । रामोसले १६ वर्ष रियलमा बिताउनेक्रममा कुल ६ सय एक म्याच खेलेका छन् ।

रामोसले १०१  गोल गरेका छन् । रियलमा उनले चार ला लिगा र चार च्याम्पियन्स लिग गरी कुल २२ उपाधि जितेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया