काठमाडौंबाट बाहिरिने गाडीहरुमा निर्मलाको पोस्टर

७ बर्ष अगाडि

काठमाडौं -  बलात्कारपछि हत्या गरिएकी  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिन युवाहरुको समूहले बसहरुमा पोस्टर टाँसेका छन् । 

निर्मलाको न्यायको निम्ति युवाहरु दबाबमूलक अभियानमा सक्रिय हुँदै आएका छन् । 

युवाको समूहले राजधानी काठमाडौंबाट बाहिरिने बसहरुमा सरकार भेटियो, न्याय भेटिएन लेखिएको निर्मलाको फोटोसहितको पोस्टर टाँसेका हुन् ।

निर्मलाको न्यायका निम्ति दबाब दिन उपत्यका लगायत देशका विभिन्न स्थानमा टाँसिएका पोस्टर प्रहरीले च्यातेपछि बसहरुमा पोस्टर टाँसिएको उनीहरुले बताएका छन् ।

देशभरबाट निर्मलाको न्यायको निम्ति आवाज उठोस् भन्ने उदेश्यले आफूहरुले बसमा पोस्टर टाँस्न थालेको उनीहरुले बताए । 

यससँगै युवाहरुले मोटर साइकल, गाडी, झोला, ज्याकेट आदिमा पनि निर्मलाको न्यायको निम्ति स्टिकरहरु टाँस्ने अभियान पनि जारी राखेका छन् । 

 

७ बर्ष अगाडि

प्रतिक्रिया