काठमाडौं, क्रिस्टियानो रोनाल्डो सामाजिक सन्जालमा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति बनेका छन । सामाजिक संन्जालको फलोअर्समा मामलमा सबैलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको छन ।
इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स ३०० मिलियन पुगेका छन भने उनले ४७६ जनालाई फलो गरेका छन । हालसम्म उनले इन्स्टाग्राममा ३ हजारभन्दा बढी पोस्ट गरेका छन ।
रोनाल्डो पोर्तुगल राष्ट्रिय फुटबल टोली तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन्। उनी पोर्तुगल राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डीु ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए।
पोर्चुगिज सुपर स्टार रोनाल्डो सन् २०१८ को समरमा युभेन्ट्समा आबद्ध भएका थिए । रोनाल्डोले ९ सिजन रियलमा बिताएका थिए ।

प्रतिक्रिया