काठमाडौं - श्रीमतीको हत्या अभियोगमा प्रहरीले श्रीमान् पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङको टोलीले श्रीमतीको हत्याको अभियोगमा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ५७ वर्षीय मुन्कुलाल चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले बुधवार दिउँसो आफ्नै ४७ वर्षीय श्रीमती स्याना कुमारी चौधरीलाई बन्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानमा देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
चौधरीको बिहीबार उपचारको क्रममा मेडिकल कलेज कोहलपुर, बाँकेमा मृत्यु भएको थियो ।
प्रतिक्रिया