अब खेलाडीले पत्रकार सम्मेलनमा राखिएको पेय पदार्थ हटाए जरिवाना

४ बर्ष अगाडि

एजेन्सी - युइएफएले युरोकपमा खेलाडीले पत्रकार सम्मेलनको दौरान राखिएको प्रायोजकको पेय पदार्थ हटाएमा सम्बन्धित राष्ट्रलाई भारी मात्रामा जरिवाना गर्ने भएको छ ।

युइएफएले शुक्रबार खेलाडीले पत्रकार सम्मेलनमा राखिएको प्रायोजकको पेय पदार्थ हटाएमा सम्बन्धित राष्ट्रमाथि हदैसम्मको जरिवाना लगाउने निर्णय गरेको हो ।

मंगलबार राति भएको छुट्टै खेलपछि आयोजित पत्रकार सम्मेलनको दौरान पोर्चुगलका कप्तान क्रिष्टियोना रोनाल्डोले कोकाकोलाको दुई वटा बोताल आफुनो टेबलबाट हटाएका थिए ।

रोनाल्डोले कोकाकोलाको बोतल हटाएको घटना लगतैको आधा घण्टापछि कोकको अन्तराष्ट्रिय शेयर बजारको मुल्यमा करिब २ प्रतिशतको गिरावट आएको थियो । कोकाकोलाको युरोपियन बजारमा कम्पनीलाई ४ बिलियन अमेरिकी डलरको घाटा लागेको थियो ।

यस्तै त्यसको भोलिपल्टै फ्रान्सका पोल पोग्बाले हाइनिकेन बियरको बोतल पत्रकार सम्मेलनका लागि राखिएको बोतल हटाएका थिए ।

यसबाहेक बिहिबार पनि इटालिका म्यानुएल लोकाटेल्लीले कोकाकोलाको बोतल हटाउँदै पानीको बोतल राखेका थिए ।

युइएफएले सबै राष्ट्रहरुलाई खेलाडीको कारणले कुनै पनि सम्झौता र नियममाथि आँच आउन नदिन खेलाडीहरुलाई सचेत गराउन र सम्झौता भंग हुने कुनै पनि कार्य गरेमा भारी जरिवाना लगाउने चेतावनी दिएको छ ।

युइएफएले सिधै खेलाडीमथि कुनै कारवाही गर्न नमिल्ने भएकोले सम्बन्धित राष्ट्रको फुटबल संघलाई कारवाही गर्ने निर्णय लिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया