१५ लाख फिरौती माग्ने एक जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवसँग फिरौती माग गरेको अभियोगमा प्रहरीले सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका २८ वर्षीय मुकेश प्रसाद यादवलाई बुधबार पक्राउ गरेको हो ।

२८ वर्षीय मुकेशले उक्त रकम माग गर्दै १ घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भनि पटक÷पटक फोन तथा मेसेज गरेका थिए ।

उक्त अडियो सहितको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया