काठमाडौं उपत्यकामा ५७० संक्रमित थपिए, कुल  संक्रमितको संख्या कति ?

५ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७० कोरोना भाइरसको संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१३, ललितपुरमा १२१ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज नेपालमा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार १४१ जना संक्रमणमुक्त भएका छन्।  यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया