प्रशासकीय अधिकृतलाई १५ लाख  फिरौती मागेको अभियोगमा एक जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं, नेपाल प्रहरीले बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका २८ वर्षीय मुकेश प्रसाद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

मुकेशले उक्त रकम माग गर्दै १ घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भनि पटक/पटक फोन तथा मेसेज गरेका थिए ।

उक्त अडियो सहितको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया