युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल हुदैं, कुन खेल कति बजे ?

४ बर्ष अगाडि

काठमाडौं, युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल हुदैं छन्।

समुह ‘बी’बाट दुई टोली र समुह ‘सी’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ः४५ बजेबाट शुरू हुँदैछ भने आजको तेस्रो खेल भने राति १२ः४५ बजेबाट ‘किकअफ’ हुने तालिका रहेको छ।

आजका तीन खेल युक्रेनविरुद्ध नर्थ म्यासेडोनिया नेपाली समय अनुसार साँझ ६ः४५ बजे नेशनल एरिना, बुकारेस्ट, हंगेरी हुने भएको छ ।

यस्तै, अर्को खेल डेनमार्कविरुद्ध बेल्जियम नेपाली समय अनुसार बेलुकी ९ः४५ टेलिया पार्क, कोपनहेगन, डेनमार्कमा र नेदरल्याण्ड्सविरुद्ध अस्ट्रिया नेपाली समय अनुसार मध्यरात १२ः४५ योहान क्राइफ एरेना, आम्स्टर्डाम हुने भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया