फिल्म ‘आरआरआर’ मा आलियाले कति बुझिन पारिश्रमिक ?

४ बर्ष अगाडि

‘बाहुबली’ निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ को लामो समयदेखि प्रतिक्षा भइरहेको छ । साउथका दुई ठूला स्टार राम चरण र जुनियर एनटीआरसँगै बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टको अभिनय रहेका कारण दर्शक यो फिल्मलाई लिएर उत्साहित छन् । 
 
यो फिल्मबाट आलियाले साउथ इन्डस्ट्रीमा पाइला राख्दैछिन् ।  टाइम्स अफ इन्डियाका अनुसार, उनलाई फिल्मका लागि ६ करोड पारिश्रमिक दिइएको छ ।
 
टलिउडका ठूला अभिनेत्रीले समेत पाउन नसकेको पारिश्रमिक आलियाले पहिलो साउथ फिल्ममै प्राप्त गरेको बताइएको छ । उनले आफ्नो भागको प्रायः छायांकन पूरा गरिसकेकी छन् । कोरोनाका कारण फिल्मको बाँकी छायांकन हुन सकेको छैन । दुई ठूला प्लेटफर्म जी५ र नेटफ्लिक्समा पनि रिलिज हुन लागेको फिल्मको नर्थ इन्डिया राइट्स ४७५ करोडमा विक्री भइसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया