काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समुहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरिने, बाढी÷पहिरो लगायतका विषयमा छलफल गरिने एक नेताले जानकारी दिए ।
नेता खनाल स्वास्थ्योपचारको लागि यतिवेला भारतको नयाँ दिल्लीमा छन् । उनलाई हिजो अपरान्ह दिल्ली लगिएको हो ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी एकताको लागि गरेको आह्वानबारे पनि छलफल गरिने बुझिएको छ ।
प्रतिक्रिया