काठमाडौं महानगरपालिकाद्धारा मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् ।

मेलम्ची नदीमा आएको बाढीले गरेको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गरिने बताइएकोे छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया