मेलम्ची बाढी : खानेपानी आयोजनाका ८ मजदुर अझै सम्पर्कमा आएनन्

५ बर्ष अगाडि

काठमाडौं - मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदीमा आएको बाढीका कारण हराइरहेका आयोजमा काम गर्ने ८ जना कामदार अझै सम्पर्कमा नआएको जनाएको छ । 

३ जना चिनियाँ, ३ जना भारतीय र २ जना नेपाली कामदारहरु सम्पर्कविहिन रहेको आयोजनाले जनाएको छ । हेलिकोप्टरमार्फत आयोजनाका ७६ जनाको उद्धार गरी काठमाडौं र धुलिखेल ल्याइएको तथा उद्धार भएका सबैको अवस्था सामान्य रहेको बताइएको छ । 

बाढीले आयोजनाको क्याम्प, उपकरण, निर्माण सामाग्री, पहुँच सडक तथा पुलहरु बगाएको छ । आयोजनाको मुख्य बाँध यथास्थितिमा रहेको देखिएको र आयोजनाको मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति नभएको विवरण प्राप्त भएको बताइएको छ । 

यद्यपि, क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको छैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया