एजेन्सी - स्विटजरल्याण्ड्लाई हराउँदै इटाली युरोकप फुबटलको नक आउट चरण्ममा प्रवेश गरेको छ ।
इटालीको रोममा गएराति भएको समुह चरणको दोस्रो खेलमा घरेलु टोलीले स्विटजरल्याण्डलाई ३–० ले पराजित गर्दै नक आउट चरण्ममा प्रवेश गरेको हो । लगातार दुई जितसहित समुह ‘ए’ मा ६ अंक जोडेको इटालीले एक खेल अगाबै नक आउट चरणमा स्थान पक्का गरेको छ ।
समुहको अर्को खेलमा गएराति टर्कीलाई २–० ले हराउँदै वेल्सले पनि अर्को चरणको संभावना बलियो बनाएको छ । वेल्सको जितमा आरोन राम्से र कोनोर रोबर्ट्सले एक एक गोल गरेका हुन्् । युरोकप अन्तर्गत समुह ‘बि’ को खेलमा रुसले फिनल्याण्डलाई १–० ले हराएको छ ।
युरोकपमा आज पनि तिन खेल हुनेछन् । समुह ‘बि’ को खेलमा डेनमार्क र बेल्जीयम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने १० बजे डेनमार्ककको कोपन हेगनमा हुनेछ ।
साँझ पौने ७ बजे रोमानियाको बुकारेष्टमा समुह ‘सि’ को युक्रेनले उत्तरी मेसेडोनियासँग खेल्दा राती पौने १ बजे नेदरल्याण्ड्सको एम्सटरडममा घरेलु टोलीले अष्ट्रियासँग खेल्नेछ ।
प्रतिक्रिया