बेपत्ता बालकको शव फेला

५ बर्ष अगाडि

काठमाडौं– सम्तरीमा आज बलान नदीले बगाएर एक बालकको मृत्यु भएको छ । खेतमा काम गरिरहेका दाजुलाई भात पु¥याउन गएका बलान विहुल गाउँपालिका–४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ वर्षीय सन्तोषलाई नदीमा आएको बाढीले बगाएको सप्तरी प्रहरीले जनाएको छ ।

नदी पारि खेतमा काम गरिरहेका दाजु सुनिललाई भात पु¥याएर फर्किने क्रममा सन्तोषलाई बाढीले बगाएको परिवारका सदस्य रामशंकर भण्डारीले बताए । बगाएको केही घण्टापछि सन्तोषलाई भारत विहार राज्यको बलानपट्टी गाउँका व्यक्तिले नदीबाट निकालेका छन् । नदीबाट निकाल्दा सन्तोषको मृत्यु भइसकेको परिवारका सदस्यले बताए । शव परीक्षणका लागि सिरहाको लहान लगिएको स्थानीयवासी अशोक यादवले जानकारी दिए।

५ बर्ष अगाडि

प्रतिक्रिया