एसिया कप फुटबलमा नेपाल तेस्रो चरणमा प्रवेश

४ बर्ष अगाडि

काठमाडौं– एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचाअनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ । एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ ।

विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले ८ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा रहेको थियो । चौथो स्थानमा रहँदै लिगका खेल समापन गर्दा नेपालको कतार विश्वकप यात्रा समाप्त भएको हो ।

परिमार्जन गरेको मापदण्डअनुसार यसअघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नुपर्ने प्रावधान तोकिएको थियो । तर, एएफसीले बुधबार जारी गरेको नयाँ ढाँचाबाट नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्नेछ । प्ले अफमा चाइनिज ताईपेइ, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्ने तालिक सार्वजनिक भएको छ । प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया