मंगलबार बेपत्ता चौधरीको शव फेला

५ बर्ष अगाडि

गोरखा, ठोटनेरी खोलाले बगाएर मंगलबार बेपत्ता भएका गोविन्द चौधरीको शव आज भेटिएको छ । 

आरुघाट गाउँपालिका–२ ढोडेनीस्थित ठोटनेरी तर्ने क्रममा बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ का  चौधरीको शव मान्द्रेथोकमा भेटिएको हो ।
     
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले  बगाएको स्थानदेखि करीब दुई किलोमिटर तल खोलामा ढुङ्गाका चेपुवामा शव फेला परेको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया