असार २५ गतेभित्र कर विवरण बुझाउन राजस्व विभागको निर्देशन

५ बर्ष अगाडि

काठमाडौं, आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर विवरण बुझाउन निर्देशन दिएको छ । 

विभागले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिपछिको कर असार २५ गतेभित्र बुझाउन निर्देशन दिएको हो ।

सूचना अनुसार २०७७ चैत्र र २०७८ बैशाख महिनाको   मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्क, टेलिफोन सेवा शुल्क र दूरसञ्चार सेवा शुल्क असार २५ गतेभित्र बुझाउन भनिएको छ ।


५ बर्ष अगाडि

प्रतिक्रिया