एमाले महासचिवले  स्वीस सरकारलाई दिए धन्यवाद

५ बर्ष अगाडि

काठमाडौं– नेकपा (एमाले) का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ । 

एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

आफू उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीट्जरल्याण्ड सरकारले नेपाललाई रु ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

सो अवसरमा राजदूत क्यापिलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताइन।
 

५ बर्ष अगाडि

प्रतिक्रिया