विगत २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी उक्त अवधिमा थप ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधवार ३ हजार ८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
४३ ओटा जिल्लामा कोरोनाका संक्रिय संक्रमितहरुको संख्या रहेको छ ।
नेपालमा २० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरु संक्रमित रहेका छन् । गत वैशाख १६ गते यता लागू गरिएको निषधाज्ञाका कारण नेपालमा कोरानाका संक्रमितहरुको संख्या पनि घट्दै गइरहेको मन्त्रालयले बताएको छ ।
नेपालमा हालसम्म ६ लाख १४ हजार २१९ पीसीआर विधिबाट र २३ हजार २१७ जनको एन्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया