बाढीपहिरो:   १३ जनाको मृत्यु, ४५ घरमा क्षति

५ बर्ष अगाडि

दमौली, बाढीपहिरोका कारण गत वर्ष जिल्लामा १३ जनाको मृत्यु भयो भने आंशिक र पूर्ण गरी तीन सय ४५ घरमा क्षति पुग्यो । बाढीपहिरोबाट व्यास नगरपालिकामा पाँच, भानु नगरपालिकामा दुई, ऋषिङ गाउँपालिकामा सात र म्याग्दे गाउँपालिकामा १३ जनाको मृत्यु भयो भने व्यासका एक जना बेपत्ता भएका थिए । 

यसैगरी व्यास नगरपालिकामा ७७ घर पूर्ण, ३५ आंशिक, भानु नगरपालिकामा ३२ घर पूर्ण, सात आंशिक, शुक्लागण्डकी नगरपालिकामा २१ घर पूर्ण, दुई आंशिक, भिमाद नगरपालिकामा २९ घर पूर्ण, एक आंशिक, आँबुखैरेनी गाउँपालिकामा छ घर पूर्ण, एक आंशिक, बन्दीपुर गाउँपालिकामा १३ घर पूणर्, तीन आंशिक, ऋषिङ गाउँपालिकामा दुई घर पूणर्, एक आंशिक, घिरिङ गाउँपालिकामा आठ घर पूर्ण, देवघाट गाउँपालिकामा १८ घर पूर्ण र म्याग्दे गाउँपालिकामा २१ घर पूर्ण र ४८ घर आंशिक क्षति भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया