बुटवल – तानसेन सडकखण्ड मर्मतका लागि दिउसोमा ६ घण्टा बन्द

७ बर्ष अगाडि

सिद्धार्थ राजमार्गको बुटवल – तानसेन  सडकखण्ड मर्मत गर्न आजदेखि पर्सीसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द गरीने भएको छ । यहाँबाट दैनिक  ४ हजार सवारी साधन आवत जावत गर्ने टाफ्रिक प्रहरीको रेकर्ड छ ।

डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणी आचार्यले सडकखण्डमा बाटो अत्याधिक बिग्रिएको र सडकमा अत्यधिक ढंगा रहेकाले ३ दिन बाटो बन्द गरेरै काम गर्न लागेको  जानकारी दिएका छन् ।

३ दिनसम्म अत्यावश्यकीय सवारी एम्बुलेन्स वा त्यस्तै सवारी बाहेकका गाडीलाई बैकल्पिक व्यवस्था गर्न आग्रह  गरिएको छ । बुटवल बाट छुट्ने सवारी सधानलाई बैकल्पक रोडबाट छुटाएको वस समितिका पदाधीकारीहरुले बताएका छन् ।  

७ बर्ष अगाडि

प्रतिक्रिया